
पपुलर इङ्लिश बोर्डिङ स्कुलमा कक्षा आठका विद्यार्थीहरूको बिदाइ समारोह सम्पन्न
Above Article Content Ad
पुनर्बास – पुनर्बास नगरपालिका–११ स्थित पपुलर इङ्लिश बोर्डिङ स्कुलले कक्षा आठका विद्यार्थीहरूको बिदाइ समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री दिर्घ राज ओझा ले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना दिनुहुँदै परिश्रम, अनुशासन र इमानदारीताको महत्वबारे प्रेरणादायी सन्देश दिनुभयो।
“विद्यार्थीहरू आजको दिनदेखि नयाँ यात्रा सुरू गर्दैछन्। परिश्रम, इमानदारी र अनुशासनको साथ अघि बढे उनीहरूले सफलताको नयाँ उचाइ हासिल गर्न सक्छन्,” प्रधानाध्यापकले भन्नुभयो। कार्यक्रम मा बोल्दै बिद्यालयका लेखापाल श्री बिपना जोशी ले विद्यार्थीहरूलाई शुभकामना दिँदै भन्नुभयो, “हामीले दिने शिक्षा र मार्गदर्शनको साँचो अर्थ त तब मात्र पुष्टि हुन्छ, जब हाम्रा विद्यार्थीहरू समाजका जिम्मेवार नागरिक बन्न सक्छन्। हाम्रा आशिर्वाद सधैं उनीहरूका साथ छन्।” कक्षा आठ का केही छात्रा छात्र ले विद्यालयमा बिताएका मीठा सम्झनाहरू सुनाउँदै शिक्षकहरूलाई धन्यवाद व्यक्त गरे। उनिहरुले भने, “यो विद्यालयले हामीलाई पढाइ मात्र होइन, जीवनका धेरै महत्वपूर्ण पाठहरू सिकाएको छ।
हाम्रा गुरुहरूका निर्देशनहरू जीवनभर स्मरणीय रहनेछन्।” बिदाइ कार्यक्रममा नृत्य, गायन, कविता वाचनलगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका थिए। कार्य क्रम मा बोल्दै अभिभावक तिर्थामाया सुनार ले विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाका कारण विद्यार्थीहरूको भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गर्दै अनुशासित, परिश्रमी र इमानदार विद्यार्थी बन्न प्रेरित गर्नुभयो।
कार्यक्रमको अन्त्यमा विद्यालय प्रशासनले विद्यार्थीहरूलाई मायाको चिनो स्वोरुप समूह गत फोटो वितरण गरेको थियो। र उक्त कार्यक्रम मा बिद्यालय लाई निरन्तर सहयोग गर्दै आउनु भएका अभिभावक लाई समेत सम्मान गरिएको थियो ।बिदाइ समारोहमा सहभागी अभिभावकहरूले विद्यालय प्रशासन र शिक्षकहरूलाई उत्कृष्ट शिक्षा प्रदान गरेकोमा आभार व्यक्त गरे।






Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad
















