Above Article Ad
  • आज पुनर्वासमा बृहत रक्तदान कार्यक्रम हुँदै

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा कर्मचारी युनियनद्वारा  रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको  छ ।
    प्रजातन्त्र दिवसका अवसरमा रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम पुनर्वास नगरपालिकाको सभाहलमा आयोजना गर्न लागेको हो ।

    नगरपालिका कर्मचारी युनियनका अध्यक्ष कृष्ण भट्टले भोलि फाल्गुन ७ गते हुने आयोजना हुने बृहत रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि सम्पुर्ण कर्मचारी, व्यवसायी, बुद्धिजीवी,, समाजसेवी लगायत स्थानीयवासी सहभागी भई सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गरेका छन् ।

    Article inline ad #1
  • अध्यक्ष भट्टले रक्तदान कार्यक्रम आयोजना गर्न लागेकोले सम्बन्धित सबैलाई जनकारी गराउँदै उक्त कार्यक्रममा उपस्थित भई रक्तदान गरिदिन हुन अनुरोध गरेका छन। उनले भने” देशैभर रगतको अभावका कारण कैयौँ मानिस छटपटाईरहेको तथा ज्यानै समेत जाने भएकोले एक पोका रगतले कसैको जीवन बच्ने बताए । तसर्थ रक्तदान गर्दा शरिर कमजोर हुन्छ भन्ने भ्रममा नलाग्न आग्रह गर्दै रक्त दान जस्तो पुन्य काममा हातेमालो गरे यसले अझ हामी स्वस्थ हुने बताए ।

    Article inline ad #2

    पुनर्वास नगरपालिका कर्मचारी युनियनका सचिव एवं रक्तदान कार्यक्रम सञ्चालन समिति संयोजक शुसीला देउवाले पुनर्वास नगरपालिका, स्थानीय कर्मचारी युनियन को आयोजनामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना हुन लागेकोले पुनर्वासका युनियनकर्मी कर्मचारीहरु निकैनै उत्साहित रहेको बताए । उनले कर्मचारी सहकर्मी साथीहरु, तथा शुभ चिन्तकहरुको उल्लेख्य सहभागीताको अपेक्षा गर्दै आगामी दिनहरुमा पनि यस्तै खालका कार्यक्रम लगायत सचेतना फैलाउने कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

    सो कार्यक्रम फाल्गुन ७ गते बुधबार हुने नगरपालिका कर्मचारी युनियनले जनाएको छ । रक्तदान कार्यक्रम विहान ११ बजेदेखि संचालन हुने जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6