Above Article Ad
  • धनगढीका कुँवरद्वारा जन्मदिनको अवसरमा २ लाख बढी नगद तथा खाद्यान्न बितरण

    Above Article Content Ad
  • धनगढी २१ माघ ।
    जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई आत्मसात गर्दै धनगढीका नरेश कुँवरले आफ्नो जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न बितरण गरेका छन् ।

    लाइन्स क्लब धनगढी, नैनादेवीका सदस्य, समाजसेवी तथा व्यापारी कुँवरको ३९ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद तथा खाद्यान्न बितरण गरेका हुन् ।

    Article inline ad #1
  • लाइन्स क्लब धनगढी, नैनादेवीको आयोजना तथा लायन नरेश कुँवरको प्रायोजनामा मानवसेवा आश्रम र दृष्टि फाउण्डेशन नेपाललाई नगद ७६ हजार तथा १ लाख ३५ हजार बराबरको खाद्यान्न बितरण गरिएको क्लबका अध्यक्ष अमीत भुजनियाले बताए ।

    Article inline ad #2

    माघ २३ देखि ३० गतेसम्म भवन निर्माण सहयोगार्थ सञ्चालन हुने महायज्ञमा जन्मदिनको अवसर पारेर लायन्सको तर्फबाट नगद ५१ हजारसमेत सहयोग गरिएको भुजनियाले जिकिर गरे ।

    सामाजिक कार्य गर्दा आफुलाई खुशी लाग्ने बताउदै समाजसेवी कुँवरले घरपरिवार र साथीहरु माझ सीमित रहेर जन्मोत्सव मनाउनु भन्दा सानै र थोरै भएपनि अरुलाई सहयोग गरेर आफ्नो जन्मोत्सव मनाउन पाउँदा निकै खुशी लागेको बताए । उनले भने ‘खान पुगोस्, दिन पुगोस्, दीन दुःखी र असहायको लागि यसरी नै सहयोग गर्न पुगोस् ।’
    यसअघि पनि समाजसेवी कुँवरले आफ्नो जन्मदिनको अवसरमा दीन दुःखी, असहायहरुलाई खाद्यन्न बितरण तथा बिभिन्न संघसंस्थाहरुमा आर्थिक सहयोग गर्दै आफ्नो जन्मदिन मनाउँदै आएका थिए ।

    नरेश बझाङ बुङल क्रिकेटका संस्थापक एबं कुँवर लिकरका सञ्चालकसमेत हुन् । यतिखेर कुँवर सफल व्यवसायी, समाजसेवी एवं दातृको रुपमा सुदूरपश्चिममा परिचित छन् ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6