Above Article Ad
  • सप्तरीमा मदिरा नियन्त्रणमा लिन प्रहरीले चल्यो गोली , एक जनाको मृत्यु

    Above Article Content Ad
  • Article inline ad #1
  • नेपाल भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना आएको थियो । उक्त मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली गएको थियो । तस्करको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

    प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको र त्यसै क्रममा एक गोली यादवको बायाँ तिघ्रामा लागेको डीएसपी बस्नेतले बताए ।

    गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पुर्‍याइएको थियो । उनको त्यहीँ मृत्यु भएको डीएसपी बस्नेतले बताए ।

    प्रहरीले खानतलासी गरी कमलपुरबाट ८० कार्टुन मदिरा बरामद गरेको छ । त्यहाँ अरु मदिरा पनि थियो । मदिरा नियन्त्रणमा लिन खोज्दा तस्करहरुले डुङ्गामुढा लगायतले आक्रमण गरेपछि नियन्त्रणमा लिन समस्या भएको प्रहरीको भनाइ छ ।

    ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by