Above Article Ad
  • पुनर्वासमा लघु उद्यम प्रवर्द्धन; रोजगारी सृजनामा जोड

    Above Article Content Ad
  •   कञ्चनपुर -“आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार” भन्ने नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत पुनर्वास नगरपालिकामा एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको  छ । आर्थिक वर्ष २०८२।०८३ का लागि उद्यमशीलता तथा मेड मोडेल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार पुनर्वास नगरपालिकाको सभाहलमा भएको हो । कार्यक्रम पुनर्वास नगरपालिका अन्तर्गतको उद्यम तथा रोजगार शाखाले आयोजना गरेको हो ।

    IMG_20260316_222050-1773679045.jpg
    पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले लघु उद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाशक्ति तथा विपन्न वर्गलाई उद्यमशीलतामा जोड्न सकेमा गरिबी न्यूनीकरणसँगै स्थानीय अर्थतन्त्र मजबुत बन्ने बताउनुभयो । “सरकारले ल्याएको मेडपा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर बेरोजगार युवालाई सीप र रोजगारीसँग जोड्न नगरपालिकाले प्राथमिकता दिएको छ,” नगर प्रमुख शर्माले भन्नुभयो । नगरपालिकाले वार्षिक करिब २५० जनालाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको उहाँको भनाइ छ ।

    IMG_20260316_222036-1773679072.jpg
    उद्यम तथा रोजगार शाखाका प्रमुख कृष्ण भट्टले मेडपा कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा उद्यमी छनोटका मापदण्डबारे जानकारी दिनुभयो । उहाँले स्थानीय तहबाट सञ्चालन हुने यस्ता कार्यक्रमले सीप, पूँजी र बजारसँग जोड्दै वास्तविक उद्यमी उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो । “लघु उद्यमलाई प्रवर्द्धन गरेर स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु कार्यक्रमको मुख्य लक्ष्य हो,” भट्टले भन्नुभयो ।

    Article inline ad #1
  • IMG_20260316_222009-1773679102.jpg
    कार्यक्रमका प्रशिक्षक तथा उद्यम विकास विशेषज्ञ भीम बहादुर बिष्टले उद्यमशीलताको अवधारणा, मेड मोडेल तथा व्यवसाय सुरु गर्दा अपनाउनुपर्ने प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभयो । उहाँले उद्यम सञ्चालन गर्दा बजार अध्ययन, सीप विकास, व्यवस्थापन क्षमता र निरन्तरता अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । “साना उद्यमलाई व्यवस्थित रूपमा अघि बढाउन सके ठूलो आर्थिक परिवर्तन सम्भव हुन्छ,” बिष्टले उल्लेख गर्नुभयो ।

    Article inline ad #2

    IMG_20260316_221932-1773679128.jpg
    कार्यक्रममा नगरपालिकाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सम्भावित उद्यमीहरूको सहभागिता रहेको थियो । अभिमुखीकरणमार्फत मेडपा कार्यक्रमका बारेमा स्पष्ट जानकारी प्राप्त भएको सहभागीहरूको प्रतिक्रिया छ । नगरपालिकाले आगामी दिनमा मेडपा कार्यक्रममार्फत विभिन्न सीपमूलक तालिम, उद्यम स्थापना तथा रोजगारी सृजनाका गतिविधि सञ्चालन गर्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6