
पुनर्वासको अलङ्कार पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको विदाई
पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित श्री अलङ्कार पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको विदाई गरिएको छ ।
बुधबार एक भव्य समारोहका बीच विद्यार्थीहरूको विदाई तथा अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कक्षा ७ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ७ की छात्रा सबिना मल्लको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा पुनर्वास जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङ रहेका थिए।
त्यसैगरी, विशिष्ट अतिथिका रूपमा विद्यालयका प्रिन्सिपल पुष्पराज ओझा तथा अतिथिहरूमा शिक्षक राजकुमार चौधरी, शिक्षक राजेश प्रसाद जोशी र शिक्षक अम्मदन स्वर्णकारको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कक्षा ८ का विद्यार्थीहरूलाई मायाको चिनो तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो भने उनीहरूका अभिभावकहरूलाई सम्मान समेत गरिएको थियो।
शुभकामना मन्तव्य दिने क्रममा कक्षा ८ का विद्यार्थीहरूको तर्फबाट आयुषा सुवेदी र कमल खड्काले आफ्ना अनुभव र भावनाहरू व्यक्त गरेका थिए। त्यसैगरी, शिक्षकहरूको तर्फबाट शिक्षक विदुर राना र शिक्षिका अञ्जना तिमिल्सेनाले शुभकामना मन्तव्य दिएका थिए।
मन्तव्यकै क्रममा विशिष्ट अतिथिमा आसिन प्रिन्सिपल पुष्पराज ओझा तथा अतिथि शिक्षक राजेश प्रसाद जोशीले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका थिए।
कक्षा ७ की छात्रा अनुष्का ओझाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल बलबहादुर बि.क.ले गरेका थिए।
















