Above Article Ad
  • कैलालीमा ६ महिनामा ३ सय ३३ जना लागुऔषधसहित पक्राउ

    Above Article Content Ad
  • धनगढी ः कैलालीमा ६ महिनामा ३३३ जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म तीन सय ३३ जना पक्राउ परेका हुन। चालु आर्थिक वर्षमा मात्र २०६ जनाका विरुद्धमा कैलाली प्रहरीले मुद्‍दा दर्ता गरेको छ।

    तीन आर्थिक वर्षमा कैलालीमा एक हजार २ सय ८४ जना लागुऔषधसहित पक्राउ परेका छन। कैलाली प्रहरीको तथ्याङ्कमा २०७८÷७९ मा २९७ पुरुष र ९८ महिला गरि ३१५ जना, २०७९÷०८० मा ४७३ पुरुष ४९ जना महिला गरि ५२२ र २०८०÷८१ मा ४२० पुरुष २७ जना महिला गरि ४४७ जना लागुऔषधसहित पक्राउ परेका हुन्। कैलाली प्रहरीले पक्राउ गरेका उनीहरूमा २०७८÷७९ मा २०१ जना, २०७९÷०८० मा ३४७ र २०८०÷०८१ मा ३१५ जना विरुद्ध लागुऔषधको मुद्दा दर्ता गरिएको छ। कैलालीमा प्रत्येक वर्ष लागुऔषधको कारोबार तथा प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको ६ महिनामा मात्र तीन सय ३३ जना पक्राउ परेका छन भने, २०६ जना विरुद्धमा अदालतमा मुद्‍दा दर्ता भएको छ।

    Article inline ad #1
  • कैलाली प्रहरीले विद्यार्थी तथा किशोर उमेर समूहका दुव्र्यसनीहरूको सङ्ख्या धेरै रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कबिन्द्र बोहराले खुल्ला सीमाका कारण समस्या रहेको बताए। उनले भने, ‘कैलालीको पलियाबाट लागुऔषध आउने हो। कैलालीमा एक सय तीन किलोमिटर खुल्ला सीमा छ। खुल्ला सीमाका कारण समस्या भएको हो। यो पुसको महिनामा मात्र ठुलो सङ्ख्यामा पक्राउ परेका छन। विद्यार्थीको सङ्ख्या बढी छ। १५ देखि २५ वर्षको उमेर समूहका विद्यार्थीहरू बढी छन्।’

    Article inline ad #2

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट धनगढी अध्ययनका लागि आएकाहरू सबै भन्दा बढी लागुऔषधको दुव्र्यसनीमा पर्ने गरेका छन। प्रहरीले अभिभावकको बेवास्ताका कारण दुव्र्यसनीमा फस्दै आएको बताएको छ। उनले भने, ‘छोरा–छोरीहरू धनगढीमा बढ्न आएका हुन्छन। अभिभावकले उनीहरूमाथि फिटिक्ककै ध्यान दिएको देखिएन। छोरा–छोरी पढिराछन् भन्ने सोच आमा–बुवाले बनाएको हुन्छन्। तर, यता उनीहरू कुलतमा फसिरहेका हुन्छन्।’ युवतीहरू पनि लागुऔषधको दलदलमा फसेको प्रहरीले बताएको छ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by