Above Article Ad
  • कञ्चनपुरको विभिन्न स्थानमा निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने

    Above Article Content Ad
  •  कञ्चनपुर – स्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

    निर्धारित मिति र स्थानमा हुने शिविरमा महिलाहरूका प्रजनन स्वास्थ्य समस्यासम्बन्धी विभिन्न जाँच तथा उपचार सेवा प्रदान गरिनेछ। स्वास्थ्य कार्यालयका अनुसार शिविरमार्फत ओ.पी.डी. सेवा, पाठेघरसम्बन्धी समस्या पहिचान गर्न स्क्रिनिङ तथा रेडियोग्राफी, पाठेघरमुखको क्यान्सर परीक्षण, बाँझोपनसम्बन्धी जाँच तथा उपचार, अड्केका महिलाका लागि अनुसन्धान सेवा, यौन रोग परीक्षण एवं उपचार, साथै प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा शिक्षा प्रदान गरिने जनाएका छन ।

    Article inline ad #1
  • शिविर निम्न मितिहरूमा तोकिएका स्थानहरूमा सञ्चालन हुने जानकारी गरिएको छ । २०८१ चैत ७ – अमरवस्ती, पुनर्वास नगरपालिका-११ २०८१ चैत ९ – शुक्लाफाँटा, बेलौरी नगरपालिका-०९ २०८१ चैत ११ – खैरिघाट, बेलडाँडी गाउँपालिका-०२ स्वास्थ्य कार्यालय कञ्चनपुरले लक्षित समुदायका महिलाहरूलाई शिविरमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ।

    Article inline ad #2

    आयोजकका अनुसार शिविरमार्फत आवश्यक परेका बिरामीहरूलाई थप उपचारका लागि सिफारिस गरिने व्यवस्था समेत मिलाइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6