Above Article Ad
  • आईजीपी कार्कीले भने,”प्रहरी पत्रकारितामा तथ्यपूर्ण, निष्पक्ष र साहसिक रिपोर्टिङ आवश्यक”

    Above Article Content Ad
  • काठमाडौं -नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् ।

    विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै उनले प्रहरीले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका हुन् ।

    Article inline ad #1
  • ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ,’ महानिरीषक कार्कीले फेसबुकमा लेखेका छन्, ‘साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ ।’

    Article inline ad #2

    उनले विपद्को असर कम गर्न अभूतपूर्व सहकार्यको आग्रह गर्दै संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने पनि उल्लेख गरेका छन् ।

    ‘विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँ झैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहनेछ,’ महानिरीक्षक कार्कीले लेखेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6