Above Article Ad
  • बाढीमा खुशी व्यक्त गर्दै जातजातिलाई होच्याउने बैतडीका युवक पक्राउ

    Above Article Content Ad
  • बैतडीका एक युवक बाढी विपत्तिमा खुशी व्यक्त गर्दै विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानित गर्ने भिडियो सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै रहेका छन्।

    Article inline ad #1
  • भोटेकोशीमा २०८३ भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामग्री बनाएर फेसबुक रिल्समार्फत प्रसारण गरेको सम्बन्धमा साइबर ब्यूरोले अनुसन्धान गरेको थियो।

    Article inline ad #2

    ब्यूरोका अनुसार प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट उक्त सामग्री मडैले बनाएको खुलेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई भदौ २० गते पक्राउ गरेको हो।

    मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6