Above Article Ad
  • धनगढीको नेपाल बैंकका चालक लागूऔषध प्रकरणमा पक्राउ, कार्यालय प्रमुखकै गाडी नियन्त्रणमा

    Above Article Content Ad
  • धनगढी –नेपाल बैंक लिमिटेड, धनगढीका एक सवारी चालक लागूऔषध प्रकरणमा पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश कार्यालयसमेत रहेको नेपाल बैंक लिमिटेड धनगढीका कार्यालय प्रमुख अम्बिकाप्रसाद अधिकारीको सरकारी गाडी चलाउँदै आएका वेदकोट नगरपालिका–७ का विमल पाण्डे कञ्चनपुरको गुलरियाबाट पक्राउ परेका हुन्।

    कञ्चनपुर प्रहरीले पाण्डेलाई बैंक प्रमुख अधिकारीको गाडीसहित नियन्त्रणमा लिएको थियो। उनीसँगै कृष्णपुर नगरपालिका–२ का लालबहादुर सुनार, हेमराज जोशी र धनगढी उपमहानगरपालिका–५ तारानगरका अशोक पाण्डे पनि पक्राउ परेका छन्।

    उनीहरूलाई लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए। यो प्रकरणमा पक्राउ परेका व्यक्तिहरूसँग रहेका अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट प्रहरीले ३० ग्राम लागूऔषध बरामद गरेको थियो।

    Article inline ad #1
  • डीएसपी रावतका अनुसार नेपाल बैंकको गाडी लागूऔषध ओसारपसारमा प्रयोग भएको पुष्टि नभए पनि पक्राउ परेका व्यक्तिहरूसँग चालकको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो।

    Article inline ad #2

    प्रदेश कार्यालयका प्रमुखकै सवारी चालक लागूऔषधजस्तो गम्भीर मुद्दामा पक्राउ परे पनि नेपाल बैंक लिमिटेडले औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन। प्रेसपत्रसँगको कुराकानीमा कार्यालय प्रमुख अम्बिकाप्रसाद अधिकारीले भने प्रहरीले पक्राउ गरेकै दिनदेखि लागू हुने गरी चालक पाण्डेलाई सेवाबाट बर्खास्त गरिएको बताए।

    अधिकारीका अनुसार पक्राउ परेको दिन उनी कैलालीको लम्की क्षेत्रमा थिए। लम्की शाखाको अडिट भइरहेका कारण चालक पाण्डेले दिनभर शाखा प्रबन्धकलाई ओसारपसार गरेका थिए। तर साँझ धनगढी फर्किनुको सट्टा कार्यालय प्रमुखको गाडी लिएर कञ्चनपुरतर्फ गएको र त्यही क्रममा उनी पक्राउ परेको अधिकारीले बताए।

    अधिकारीका अनुसार चालक पाण्डेको बोलीचाली र व्यवहारबाट उनी लागूऔषधसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको अनुमान कहिल्यै गरिएको थिएन। उनी एकाएक लागूऔषध मुद्दामा पक्राउ परेपछि बैंकका कर्मचारीसमेत आश्चर्यमा परेका छन्। स्रोतका अनुसार पक्राउ परेकामध्ये एक जना स्वास्थ्यकर्मी पनि रहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6