
बेलौरीबाट लागूऔषधसहित दुईजना पक्राउ
Above Article Content Ad
धनगढी-कञ्चनपुरको बेलौरीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ६ सय ६० मिलिग्रामसहित बेल्डाडी गाउँपालिका–३ खैरीघाट बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
Article inline ad #1
इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























