
सशस्त्र प्रहरीद्धारा रूखमा अड्किएका व्यक्तिको उद्धार
Above Article Content Ad
काठमाडौँ -सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ ।
सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए ।
Article inline ad #1
उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ वाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















