
बैतडीमा भरुवा बन्दुक पड्किँदा घाइते वडा सदस्यको मृत्यु
Above Article Content Ad
बैतडी –बैतडीमा आफ्नै घरमा भरुवा बन्दुक पड्किँदा घाइते भएका सुर्नया गाउँपालिका–२ का वडा सदस्य दानबहादुर ऐरीको उपचारका क्रममा मृत्यु भएको छ ।
बुधबार राति घरमै आफैंले भरुवा बन्दुक चलाउने क्रममा छर्रा लागेर गम्भीर घाइते भएका ४५ वर्षीय ऐरीलाई तत्काल जिल्ला अस्पताल बैतडी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धनगढी सारिएको थियो।
Article inline ad #1
धनगढीमा उपचार भइरहेकै बेला शुक्रबार उनको ज्यान गएको हो। घटनामा प्रयोग गरिएको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















