Above Article Ad
  • कञ्चनपुर–१ मा युवा उम्मेद्वार गोपी प्रसाद उपाध्यायको पक्षमा  जनलहर बढ्दो

    Above Article Content Ad
  • पुनर्वास — निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुर निर्वाचन क्षेत्र–१ मा चुनावी चहलपहल तीव्र बनेको छ।

    विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरू घरदैलो अभियानमार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदातासँग मत मागिरहेका छन्।

    Article inline ad #1
  • यसैक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार गोपी प्रसाद उपाध्याय पनि घरदैलो अभियानमा सक्रिय देखिएका छन्। मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो उम्मेद्वारीका उद्देश्य र भावी योजनाबारे जानकारी गराइरहेका छन्।

    Article inline ad #2

    सामाजिक सेवाले बनाएको बलियो आधार
    उपाध्याय उम्मेद्वारका रूपमा नयाँ देखिए पनि सामाजिक सेवाका क्षेत्रमा उनी पुरानै चिनिएका नाम हुन्। विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आएका उपाध्यायको सेवा भावप्रति गाउँ–टोलदेखि चोक–चौतारासम्म प्रशंसा सुनिन थालेको छ।

    कुनै औपचारिक पदमा नरहँदा पनि अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूको सहाराका रूपमा उनी सधैं अग्रपंक्तिमा देखिन्थे। जनताका समस्या देखिएका ठाउँमा तत्काल पुगेर समाधानका लागि पहल गर्नु उनको विशेषता रहेको स्थानीय बताउँछन्।

    -विदेशमा अलपत्र नेपालीको उद्धारदेखि शिक्षा–स्वास्थ्यसम्म

    रोजगारीका लागि विदेश गएका र समस्यामा परेका नेपालीहरूको उद्धारमा उपाध्यायले खेलेको भूमिकालाई पनि स्थानीयले उच्च मूल्यांकन गरेका छन्। उनको पहलमा स्वदेश फर्किएका कतिपय व्यक्तिहरूले उनलाई “भगवानको दोस्रो रूप” भनेर सम्बोधन गर्ने गरेका छन्।
    शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा निःस्वार्थ रूपमा गरेका योगदानले उपाध्यायलाई आज इमानदार र सक्षम युवा उम्मेद्वारका रूपमा स्थापित गराएको मतदाताहरूको भनाइ छ।

    -अपाङ्ग तथा असहायको साथ !

    अपाङ्ग तथा असहाय व्यक्तिहरू समेत अहिले “गोपी जिताऔँ” अभियानमा खुलेर सहभागी हुन थालेका छन्। यसले कञ्चनपुर निर्वाचन क्षेत्र–१ को चुनावी माहोललाई थप भावनात्मक बनाएको छ।
    पुनर्वास–४ की अपाङ्गता भएकी महिला फुलमाया तामाङ भन्छिन्, “हाम्रो दुःख–पीडामा साथ दिने नेताको जित नै हाम्रो जित हो।”

    -सक्षम उम्मेद्वारको खोजीमा मतदाताहरु ?
    प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका उपाध्यायले सेवा र विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै घरदैलो अभियानलाई अझ तीव्र पारेका छन्।
    मतदातासँग गरिएको कुराकानीबाट पार्टीभन्दा पनि सक्षम, इमानदार र जनतासँग नजिक रहने उम्मेद्वार खोजिएको स्पष्ट संकेत देखिन्छ। विगतमा गरेका सामाजिक कार्यको स्मरण गराउँदै उपाध्यायले आफूलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन मतदातासँग भावुक अपिल गरिरहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6