Above Article Ad
  • गोदावरीको गाैशालाबाट गाईगोरु बजार क्षेत्रमा छाडिए

    Above Article Content Ad
  •  

    गोदावरी नगरपालिका– ७ मा ४ महिना अघि सञ्चालनमा ल्याइएको गौशाला लथालिङ्ग बनेको हो। ५० वटा चौपायाहरू अट्न सक्ने क्षमताको गौशालाको भदौ १० गते कृष्ण जन्माष्टमीका दिन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए। गौशाला निर्माणका लागि नगरपालिकाले ५० लाख खर्च गरेको थियो। जसमा ५० गाई राख्न सकिने गौशाला, स्टोर, हेरालु घर रहेका थिए

    Article inline ad #1
  • Article inline ad #2

    तर, पछिल्लो समय उक्त गौशालामा १ हजार भन्दा बढी छाडा चौपाया राखिएपछि अस्तव्यस्त बनेको गौशालामा धमाधम गाई गोरु मर्न थालेपछि आइतबार गौशाला भित्रका गाई गोरु सडकमा छाडिएको हो।

    स्थानीयले गौशालामा ठेलमठेल राखिएका गाई गोरु दैनिक जसो मरिरहेका भए पनि उचित व्यवस्थापन नगरेको, खाना, पानी नदिएर भोक भोकै राखेको भन्दै गौशालाको गेट खोलेर बाहिर छोडिदिएका हुन।

    गौशाला समितिका अध्यक्ष टीका राम बमले आइतबार सिडिओ, मेयर लगायतकाले गौशालाको अवलोकन गरेर उचित व्यवस्थापन गर्न निर्देशन दिए पनि केही स्थानीयले गोशालाको गेट खोलेर गाई गोरु बाहिर पठाएको बताए। उनले गौशालामा क्षमता भन्दा बढी गाई गोरु हुँदा व्यवस्थापन हुन नसकेको बताए। उनले गौशालामा राखेका गाई गोरु बाहिर निकालेपछि किसान भने चिन्तित बनेको बताए।

    गौशालाबाट गाई गोरु निकालेपछि ४ जना हेरालु पनि घर गइसकेको उनले बताए। ‘गौशालामा १२ सय भन्दा बढी गाई थिए’ उनले भने ‘अहिले पनि बाहिर नआएका २ सय जति गाई भित्रै छन्।’ उनले गौशाला भित्र बढीमा एक सय गाई अटाए पनि बाँकी गाई खुला ठाउँमै बस्ने गरेको बताए।

    गोलादेउ सामुदायिक वनका अध्यक्ष समेत रहेका बमले गोदावरीका गाई गोरु व्यवस्थापन गर्नको लागि अघिल्लो मेयरकै पालामा गौशाला निर्माणको प्रस्ताव गरेपछि आफूहरूले जग्गा उपलब्ध गराएको बताए। ‘नगरकै गाई गोरु व्यवस्थापन हुन्छ भने ठिकै होला भन्ने सोच थियो तर, गाई गोरु धेरै भए पनि घरको व्यवस्थापन हुन नसक्दा चिसोमा गाई गोरु मर्न थाले’ उनले भने ‘१२ वटै वडाको गौशाला भनेर अन्धाधुन्ध गाई गोरु ल्याएर गौशालामा हाल्न थालियो। जसले गर्दा व्यवस्थापन हुन सकेन।’

    पुसको कठ्याग्रीदो चिसोमा पछिल्लो समय दैनिक जसो दर्जन गाई गोरु मर्ने गरेको स्थानीयको भनाइ छ। शनिवार मात्रै गौशालामा २५ वटा गाई गोरु मरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गौशाला व्यवस्थापनमा नगरपालिकाले चरम लापरबाही गरेको भन्दै सर्वत्र विरोध भएको थियो। गौशाला गाई गोरु संरक्षण गर्ने क्षेत्रभन्दा पनि हत्या गर्ने क्षेत्र बनेको भन्दै चर्को विरोध भएपछि आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारीको टोली गौशाला पुगेको थियो।

    उक्त टोली फर्किए लगतै केही स्थानीयले गौशालामा थुनिएर गाई गोरु मर्न थालेको भन्दै गेट खोलेर बाहिर पठाएका थिए। जसका कारण अहिले पुनः अत्तरिया बजार जताततै छाडा चौपाया देखिन थालेका छन्।

    गोदावरीमा विगत एक दशक देखि नै छाडा चौपायाको समस्या रहँदै आएको छ। पछिल्लो समय नगरकै छाडा चौपाया व्यवस्थापन गर्ने भन्दै खोलिएको गौशाला पनि उचित व्यवस्थापन हुन नसक्दा अस्तव्यस्त बनेपछि पुनः छाडा चौपायाको समस्या पुरानै अवस्थामा फकिएको छ। पछिल्लो अवस्थाका बारेमा भने नगरपालिकामा छलफल नभएको नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6