Above Article Ad
  • काठमाडौँसहित देशभर न्यूनतम तापक्रम घट्दै

    Above Article Content Ad
  • काठमाडौँ-काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम थप घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दुई दिनमै काठमाडौँको न्यूनतम तापक्रम एक डिग्रीले घट्दै आज ३.५ डिग्री सेल्सियसमा झरेको छ, जुन यस वर्षकै सबैभन्दा कम हो।

    पुस १९ गते काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री रहेकोमा हिजो ४ डिग्री मापन गरिएको थियो भने आज बिहान ९ बजे ३.५ डिग्रीमा झरेको विभागले जनाएको छ। मौसमविद् विनु महर्जनका अनुसार जनवरी महिनाभर तापक्रम क्रमशः घट्ने सम्भावना रहेको छ र काठमाडौँसँगै देशका धेरै स्थानमा चिसो बढ्दै गएको छ।

    Article inline ad #1
  • पुस महिना सुरु भएदेखि नै देशभर तापक्रम घट्दो क्रममा रहेको र दोस्रो तथा तेस्रो हप्तामा झन् चिसो बढेको देखिएको छ। विभागको अभिलेखअनुसार पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो। त्यसपछि पुस १५ गते ४.८, पुस १७ गते ४.६, पुस १९ गते ४.५ डिग्री हुँदै आज ३.५ डिग्रीमा झरेको हो।

    Article inline ad #2

    देशभर आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६.३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। पुस १९ गते जुम्लामा माइनस ४.९ डिग्री रहेको थियो।

    अन्य स्थानमा पनि तापक्रम उल्लेख्य रूपमा घटेको छ। डडेलधुरामा २.७ बाट २.१ डिग्रीमा, दिपायलमा ६ बाट ४.४ मा, वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा, पोखरामा ८.५ बाट ७.९ मा तथा ओखलढुंगामा ४.९ बाट ४.३ डिग्रीमा झरेको छ। ताप्लेजुङ, सिमरा र धनकुटामा भने तापक्रम थोरै मात्र बढेको छ। देशभर अधिकतम तापक्रम २२ डिग्रीभन्दा तल नै रहेको विभागले जनाएको छl

    जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायमै रहेको छ भने दिउँसोपछि धेरै स्थानमा मौसम खुल्दै जाने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा हिमपात भइरहेको छ र ठाउँठाउँमा खोलानाला समेत जम्न थालेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6