Above Article Ad
  • चिया र बिस्कुट खाली पेट किन खानुहुँदैन ?

    Above Article Content Ad
  • काठमाडौँ-नेपालमा चियाका सौखिनहरूको कमी छैन । धेरै मानिसहरूको दिनको सुरुवात नै चियाबाट हुन्छ ।

    उनीहरू आफूलाई ताजा महसुस गराउन चिया पिउनु आवश्यक ठान्छन् । प्रायः चियासँग बिस्कुट वा अन्य हल्का नास्ता खानु सामान्य चलन हो । तर यो दैनिक बानी स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ ।

    चियासँग चिनीयुक्त वा कार्बोहाइड्रेटयुक्त स्न्याक्सको संयोजनले रक्तमा चिनीको मात्रा (ब्लड सुगर लेभल) तीव्र रूपमा बढाउन सक्छ । साथै, यसले पाचन प्रणालीमा पनि नराम्रो असर पार्न सक्छ । यदि तपाईं पहिले नै मधुमेह (डायबिटिज) वा ब्लड सुगरको समस्याबाट ग्रसित हुनुहुन्छ भने, यो बानी अझ जोखिमपूर्ण हुन सक्छ ।

    Article inline ad #1
  • प्रश्न: चियासँग कुन–कुन खानेकुरा खानु हुँदैन?

    Article inline ad #2

    उत्तर: धेरैजसो मानिस बिहानको चियासँग ब्रेड, बिस्कुट वा टी–केकजस्ता हल्का नास्ता खान मन पराउँछन् । यी खानेकुरा सामान्य लागे पनि, खाली पेटमा वा चिनी भएको चियासँग खाँदा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।यस्ता खानेकुराहरूको ग्लाइसेमिक इंडेक्स (जीआई) र ग्लाइसेमिक लोड (जीएल) उच्च हुन्छ । यसको परिणामस्वरूप, दिनभरि थकान, कमजोरी वा ब्लड सुगर असन्तुलित हुन सक्छ ।

    प्रश्न: चियासँग चिनी र कार्बोहाइड्रेटयुक्त स्न्याक्स खाँदा पाचन प्रणालीमा कस्तो असर पर्छ?

    उत्तर: बिस्कुटजस्ता खाद्य वस्तुहरूमा रिफाइन्ड कार्बोहाइड्रेट र चिनी हुन्छन्, जसलाई पचाउन समय लाग्छ । जब यी खानेकुरा खाली पेटमा चियासँग खाइन्छ, तब यिनीहरू छिटो पचेर रगतमा चिनीको मात्रा एक्कासि बढाउँछन्, जसले पाचन प्रणालीमा नराम्रो असर पार्न सक्छ ।यी खानेकुरामा हुने ट्रान्स फ्याटले चिनी पाचन प्रक्रियालाई धीमा बनाउँछन् । यसको परिणामस्वरूप पेट भारी महसुस हुनु, ग्यास र एसिडिटी जस्ता समस्याहरू उत्पन्न हुन सक्छन् । साथै, चिनी र रिफाइन्ड फूडले पेटमा जलन पनि निम्त्याउन सक्छ ।यदि लामो समयसम्म यस्ता चीजहरूको नियमित सेवन गरियो भने ग्यास्ट्राइटिस वा अल्सरजस्ता गम्भीर पेटसम्बन्धी रोगहरूको जोखिम बढ्न सक्छ ।

    प्रश्न: बिहान चियासँग कुन–कुन खानेकुरा खानु राम्रो हुन्छ?

    उत्तर: बिहानको चियासँग पचाउन सजिलो र पाचन प्रक्रियालाई सहयोग पुर्‍याउने खानेकुरा खानुपर्छ । यसले तपाईँको दिन राम्रोसँग सुरु हुनेछ र स्वास्थ्य पनि सन्तुलित रहनेछ । जस्तै भुटेको चना, बदाम वा ड्राइफ्रुट्स, ओट्स र घरमा बनेको हल्का नास्ता । यस्ता खानेकुराबाट तपाईँलाई ऊर्जा पनि मिल्छ र ब्लड सुगर पनि सन्तुलनमा रहन्छ ।

    प्रश्न: यदि तपाईं बेड टी खानुहुन्छ भने के-के कुरामा ध्यान दिनुपर्छ?

    उत्तर: यदि तपाईं बेड टी खाने बानीमा हुनुहुन्छ भने स्वास्थ्यमा नराम्रो असर नपरोस् भनेर यी कुरामा ध्यान दिनुहोस्:

    खाली पेट चिया नपिउनुहोस्

    चिया खाली पेटमा पिउँदा एसिडिटी, ग्यास जस्ता समस्या आउन सक्छन् । चियामा हुने क्याफिन पेटमा एसिड बढाउँछ, जसले पाचन प्रणालीलाई असर गर्छ । त्यसैले चिया पिउनुभन्दा पहिले केही हल्का खाजा खानुहोस् ।

    चियामा चिनी कम राख्नुहोस्

    बढी चिनीले ब्लड सुगर एक्कासि बढाउँछ, जसले दिनभर थकान र कमजोरी महसुस गराउँछ । सकेसम्म चिनीको मात्रा घटाउनुहोस्, वा महजस्ता प्राकृतिक मिठास दिने विकल्प प्रयोग गर्नुहोस् ।

    हर्बल चिया रोज्नुहोस्

    यदि तपाईं चिया मन पराउनुहुन्छ भने ग्रीन टी, पुदिना चिया, अदुवा-तुलसी चिया जस्ता हर्बल चिया पिउनुहोस् । यिनीहरू पाचन प्रणालीका लागि लाभदायक हुन्छन् ।

    चियासँग भारी स्न्याक्स नखानुहोस्

    चियासँग बिस्कुट, ब्रेड, तेलयुक्त खाना नखानुहोस् । यसको सट्टा फलफूल वा ओट्स जस्ता स्वस्थ विकल्प रोज्नुहोस् ।

    चियाको मात्रा घटाउनुहोस्

    दिनभर धेरै पटक चिया पिउनु स्वास्थ्यका लागि ठिक होइन । अधिक चियाले निन्द्रा, पाचन र समग्र स्वास्थ्यमा असर गर्न सक्छ । त्यसैले दिनमा २–३ कपभन्दा बढी चिया नपिउनुहोस् ।

    यी सल्लाहहरू पालन गरेमा तपाईँको चिया पिउने बानी स्वस्थकर बन्न सक्छ र यसले पाचन, ऊर्जा र सुगर नियन्त्रणमा सहयोग पुर्‍याउँछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6