Above Article Ad
  • तीन नेतालाई प्रश्न : नेता मिलेको मिल्यै, न्याय हारेको हार्‍यै किन हो ?

    Above Article Content Ad
  • काठमाडौं – सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीहरु सिफारिसका लागि सिफारिस समिति गठन गरेपछि द्वन्द्वपीडित र सरोकारवालाहरुलाई केही आशा पलाएको छ ।

    द्वन्द्वपीडित र सरोकारवालाहरुले सिफारिस समिति गठनमा सहमत प्रमुख तीन दलका शिर्ष नेताहरुलाई बिहीबार एउटै मञ्चमा उपस्थित गराए । मञ्चमा उनीहरुले द्वन्द्वकालीन घटनाको अनुसन्धान र दोषीमाथिको कारवाही जोडिएको संक्रमणकालीन न्यायलाई अघि बढाउने प्रतिवद्धता जनाए ।

    Article inline ad #1
  • तर, अन्तराष्ट्रिय समूदायका प्रतिनिधिसमेत उपस्थित कार्यक्रममा एक–अर्काप्रति व्यंग्य र छेडछाड गर्न भने बाँकी राखेनन् । संक्रमणकालीन न्यायको काम अघि बढाउन प्रमुख चुनौती मानिएको राजनीतिक प्रतिवद्धताको प्रश्न भने उक्त मञ्चमा पनि प्रकट भयो ।

    कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले आफूलाई शान्तिसम्झौताको जीवित हस्ताक्षरकर्ताको रुपमा प्रस्तुत गरे । शेरबहादुर देउवा खासै मुखर सुनिएनन् । प्रधानमन्त्री ओलीले प्रचण्डमाथि प्रश्न गर्दै ‘विगतको हिंसा गर्व गर्नलायक विषय नभएको’ टिप्पणी गरे ।

    Article inline ad #2
    एकअर्काप्रति कटाक्ष गरिरहेका उनीहरुलाई प्रश्न गर्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘तपाईहरुको लुकामारीका कारण पीडितहरुले कहिलेसम्म पीडा भोग्नुपर्ने हो ?

    ०००

    सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको भनी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनका कतिपय प्रावधान खारेज गरिदिएपछि कानून संशोधन हुन झण्डै एक दशक लाग्यो ।

    गतवर्ष कानून संशोधनपछि पदाधिकारी नियुक्तीका लागि गठन भएको सिफारिस गर्न गठन भएको समिति कामै गर्न नसकी विघटन भयो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको टिमलाई नै अहिले त्यही जिम्मेवारी दिने निर्णय भएको छ ।

    साभार अनलाईन खबरबाट
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6