Above Article Ad
  • भारतको पञ्जाबमा बन्धक बनेर २५ वर्षपछि फर्किएका चलितरले पाए नागरिकता

    Above Article Content Ad
  •  जनकपुरधाम — भारतको पञ्जाबमा बन्धक बनेर २५ वर्षपछि फर्किएका चलितर महतोले नागरिकता पाएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले बटेश्वर गाउँपालिका वडा नं १ कार्यालयमा आज एक कार्यक्रम बीच नागरिकता उपलब्ध गराएको हो ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले चलितरलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता पाएपछि चलितर खुसी भएका छन्। उनले अब आफ्नो बाँकी र पारिवारिक जीवन सुख-दु:ख गरी बिताउन सहज हुने बताए ।

    Article inline ad #1
  • ‘मेरो जीवनको दुई दशकभन्दा बढी बन्धकमा बित्यो । बाहिर जानेबेला नागरिकता थिएन । मेरो अनुपस्थिति र नागरिकता नहुँदा मेरो परिवार बालबच्चालाई अथाह दुख पीडा भोग्नुपर्यो। यो नागरिकताले मेरो र परिवारको जीवन सहज हुने छ’ चलितरले खुसी हुँदै भने’ नागरिकता उपलब्ध गराइदिनुहुने सिडिओसहित सबैप्रति आभार व्यक्त गर्छु ।’

    प्रमुख जिल्ला अधिकारी कडरियाले वर्षौं पीडादायी जीवन बिताएर फर्केको नागरिकलाई वडा कार्यालयमै आएर नागरिकता दिन पाउँदा भाग्यमानी ठानेको बताए ।
    उनले चलितरको बाँकी जीवन नागरिकताले सहज बित्ने विश्वास व्यक्त गरे ।

    Article inline ad #2
    चलितरको नागरिकता प्राप्तिको लागि कागजी प्रक्रियामा सहयोग गर्नेहरुप्रति धन्यवाद ज्ञापन गरे । उनको नागरिकताको लागि कागजी प्रकियामा वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतो, एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री सत्रुधन महतो, वडा सचिव कौशल महतोले सहयोग गरेका थिए । चलितरका दाइ जगदीश महतोले सनाखत गरेका थिए ।

    वडा अध्यक्ष अशोक कुमार महतो चलितर बेपत्ता हुँदा छोरा प्रविन आफ्नो नागरिकता पाउन पटकपटक बुबाको मृत्युदर्ता बनाउन आउँदा आफूले फर्काएको सम्झे। नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय धनुषाबाट अधिकृत बाल मुकुन्द शर्मा र राम त्रिपाल महतोसहितको टोली आएका थिए ।

    नागरिकता दिने कार्यक्रममा बटेश्वर गाउँपालिकाका अध्यक्ष रामहसिस महतो, उपाध्यक्ष फूलकुमारी सिंह, प्रशासकीय अध्यक्ष रेवती पौडेल, स्थानीय राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजहरूको उपस्थिति रहेको थियो।

    २५ वर्षअघि मजदुरीको लागि पन्जाब पुगेका महतोलाई एक साहुले बन्धक बनाएका थिए ।

    वर्षौसम्म घर नफर्किँदा उनको मृत्यु भइसकेको हुन सक्ने परिवार र समाजको ठम्याइ थियो । तर कार्तिक १९ गते साँझ उनी गाउँमा देखामा देखा परेका थिए ।

    उनका २७ वर्षीय छोरा सर्लाहीको हरिवन नगरपालिका –५ घुर्कौलीमा खाजा पसल चलाएर परिवारको जोहो गरिरहेका छन् । बुवा वर्षौंसम्म बेपता हुँदा प्रविनको अहिलेसम्म नागरिकता पाउन सकेका छैनन् । बुवाले नागरिकता पाइसकेपछि उनी खुसी भएका छन् । अब आफू र आफ्ना छोराछोरीले सहजै जन्मदर्ता पाउने प्रविणको विश्वास छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6