
महेन्द्रनगरमा नेपाल र भारतका मन्त्रीद्वारा महोत्सव उद्घाटन
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमवारदेखि सुरु भएको छ।
‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ नारासहित १० दिनसम्म चल्ने महोत्सवको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतको उत्तराखण्डका संस्कृति तथा पर्यटन मन्त्री सतपाल सिंह रावत (सतपालजी महाराज)ले संयुक्त रूपमा गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार गम्भीर रहेको बताए।


























