Above Article Ad
  • कञ्चनपुरको भीमदत्त नगरपालिकाले ल्यायो एक अर्ब ९३ करोडको बजेट

    Above Article Content Ad
  • महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ।

    भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो ।

    Article inline ad #1
  • मङ्गलवार १७औँ नगर सभाबाट आगामी वर्षका लागि एक अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ बराबरको बजेट ल्याएको छ। पुँजीगत वित्तीय समानीकरण वडागत पुँजीतर्फ १२ करोड ७ लाख, विषयगत शाखा तर्फ २० लाख, नगर स्तरीय पुँजीगत योजना ५ करोड ८३लाख ८६ हजार ६८१, सवारी साधन मर्मत ५३ लाख ७३ हजार ३१९, ससर्त अनुदान ५४ करोड ९० लाख, विशेष अनुदान २ करोड ३८ लाख, सामाजिक सुरक्षा ५७ करोड, सडक बोर्ड १ करोड, सहरी विकास आयोजना २० लाख, गरेर एक अर्ब ९३ करोड ८३ लाख २३ हजार ३१९ बराबरको बजेट रहेको छ।

    Article inline ad #2

    आन्तरिक आयतर्फ २४ करोड ९२ लाख ३६ हजार ६८१, वडा कार्यालय चालु तर्फ ६६ लाख ५० हजार, विषयगत शाखा कार्यक्रम तर्फ २ करोड २० लाख, नगर विकास कोष तर्फ १ करोड, भारतीय दूतावास म्याचिङतर्फ २ करोड, नगर स्तरीय पुँजीगत १ करोड २ लाख १३ हजार तीन सय, सवारी साधन मर्मत ५४ लाख, विभिन्न कोष तर्फ २ करोड ६५ हजार विनियोजन गरिएको छ।

    आगामी आर्थिक वर्षदेखि महिलाकोे उच्च शिक्षालाई प्राथमिकतामा राखेको बताइएको छ। नगरपालिकाले आगामी वर्षदेखि छोरी–बुहारी उच्च शिक्षा अध्ययन नयाँ कार्यक्रम ल्याएको हो। नगर प्रमुख पदम बोगटीले आउँदो वर्ष उक्त नयाँ कार्यक्रम ल्याएको बताए। बोगटीले नगर सभाबाट पारित गर्दै कार्यविधि बनाएर अघि बढ्ने बताए। ‘आर्थिक रूपमा विपन्न समुदायका छोरी–बुहारीको उच्च शिक्षामा पहुँच बृद्धि गर्न नगरपालिकाले यो नयाँ कार्यक्रम ल्याएको हो। बोगटीले भने, ‘यस कार्यक्रमबाट आर्थिक अभावमा उच्च शिक्षाबाट वञ्चित हुने महिला, छोरी–बुहारी समावेश हुन्छन।’

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6