Above Article Ad
  • एक महिलालाई तीन जनाले बलत्कार गरेर फरार

    Above Article Content Ad
  • ‎सप्तरी –सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ।

    सिरहा जिल्ला घर भएकी ती महिला विजयादशमी मनाउन बहिनीको घरमा आएकी थिइन् । गत बुधबार दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि गाउँबाट पश्चिमतर्फको बलान नदी पुगेकी उनी जलप्रवाहपछि ट्याक्टरमा फर्किंदै थिइन्। बाटोमा ट्याक्टरको डिजेल सकिएर रोकिएपछि उनी एक्लै पैदल घरतर्फ जाने क्रममा घटना भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

    Article inline ad #1
  • प्रहरीका अनुसार बाटो छेउमा बसेका तीन जना युवकले महिलालाई नियन्त्रणमा लिएर मुख थुनी नजिकैको आँपको बगैँचामा लगेर जबर्जस्ती करणी गरेको आरोप छ। त्यसपछि उनीहरू महिलालाई बेहोस अवस्थामा छाडेर फरार भएको पीडितले बताएकी छन्।

    Article inline ad #2

    ‎अबेरसम्म घर नपुगेपछि खोजीमा निस्किएका आफन्त र स्थानीयवासीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए।

    ‎पीडित परिवारका अनुसार घटनापछि गाउँका केही अगुवाले घटना सामसुम पार्न विभिन्न प्रलोभन दिएको आरोपसमेत लगाएका छन्। सो घटनामा गाउँकै तीन जना युवाहरूको संलग्नता रहेको एक जना १९ वर्षीय युवा र दुई जना २१ मुनिको रहेको बताएको छ ।

    ‎घटनाबारे पीडितले ५ गते बिहीबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी थिइन्।

    ‎जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई नियन्त्रणमा लिन खोजी भइरहेको साथै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6