Above Article Ad
  • पुनर्वासमा स्कुल भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते

    Above Article Content Ad
  • पुनर्वास– धनगढीबाट विद्यार्थी लिएर पुनर्वासतर्फ आउँदै गरेको ग्ली एकेडेमीको स्कुल भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार एक युवक पनि घाइते भएका छन्।

    शुक्रबार दिउँसो करिब १ बजे पुनर्वास नगरपालिका–५, सिमरीमा भएको दुर्घटनामा बा.प्र. ०१–०३४ च ४७६७ नम्बरको ग्ली एकेडेमी (धनगढी–४) को स्कुल भ्यानले धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–०११ प ३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास नगरपालिका–४ निवासी अन्दाजी ४० वर्षीय बसन्त भट्टराई गम्भीर घाइते भएका छन्। उनीसँग मोटरसाइकलको पछाडि सवार पुनर्वास नगरपालिका–६ निवासी अन्दाजी २३ वर्षीय प्रदीप कार्की पनि घाइते भएका छन्।

    Article inline ad #2

    घटनास्थलबाटै भट्टराईलाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ। कार्कीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

    स्थानीयवासीका अनुसार स्कुल भ्यानले आफ्नो लेन छोडेर विपरीत लेनमा प्रवेश गर्दा दुर्घटना भएको हो। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। प्रहरीले स्कुल भ्यान चालक धनगढी उपमहानगरपालिका–११ निवासी २१ वर्षीय मिलन चौधरीलाई नियन्त्रणमा लिएर थप

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6