Above Article Ad
  • नाइजरको सहारा मरुभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर ४९ जनाको ज्यान गयो

    Above Article Content Ad
  • नाइजरको सहारा मरुभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर ४९ जनाको ज्यान गएको छ। इद पर्व मनाएर मालीबाट फर्किंदै गरेका उनीहरू नाइजर–अल्जेरिया सीमा नाका असामाकाभन्दा करिब ८० किलोमिटर पश्चिममा अलपत्र परेका थिए।

    अत्यधिक गर्मी भएको क्षेत्रमा ट्रक बिग्रिएपछि यात्रुहरू कैयौँ दिनसम्म रोकिए। ट्रक मर्मत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

    ट्रकमा एक सयभन्दा बढी यात्रु सवार थिए। तीमध्ये दुई जना ५० किलोमिटरभन्दा बढी पैदल हिँडेपछि पानी फेला पार्न सफल भएका थिए। पानी पिएर असामाका पुगेपछि उनीहरूले प्रशासनलाई जानकारी गराए, त्यसपछि उद्धार टोली घटनास्थलतर्फ खटिएको थियो।

    Article inline ad #1
  • उद्धार टोली पुग्दा ट्रकमुनि र वरिपरि गरी ४९ वटा शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक रहेको जनाइएको छ। उद्धारका क्रममा टोलीले ६० जनाभन्दा बढी यात्रु बोकेको अर्को ट्रक पनि तीन दिनदेखि बिग्रिएर रोकिएको अवस्थामा भेटेको र ती यात्रुहरूलाई समेत सुरक्षित उद्धार गरिएको बताइएको छ

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6