Above Article Ad
  • गर्मी बढे संगै, लाग्ने सरुवा रोग के–के हुन ?

    Above Article Content Ad
  • गर्मी मौसम सुरु भएसंगै विभिन्न रोगको संक्रमण देखिने गर्दछ । जाडो मौसममा भन्दा गर्मीमा संक्रमण जन्य रोगका किटाणुहरु बढि मात्रामा सक्रिय हुने चिकित्सिकहरु बताउँछन् । चिकित्सा विज्ञानका अनुसार सरुवा रोग भन्नाले रोगी व्यक्तिबाट स्वास्थ्य व्यक्तिमा सर्ने रोगहरु भन्ने बुझाउँछ ।

    गर्मी महिनामा सर्ने रोगहरु के–के हुन ? गर्मी मौसममा फैलिने अधिकांश रोग पेटसंग सम्बन्धित हुन्छन् । जसमा दुषित हावा, दुषित पानी, दिसा, पिसाब, सरसफाईको कमी र अन्य कारणहरुले सरुवा रोग सार्न मदत गर्दछ ।

    Article inline ad #1
  • जसबाट प्रि–मनसुन र मनसुनमा मलेरिया, कालाजार, डेंगु, एक्युट, ग्यास्ट्रोएन्टेराइटिस, हैजा र सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन र अन्य महामारीको सम्भावित रोगमा आन्द्राको ज्वरो, लेप्टोस्पाइरोसिस, हाइड्रोफोबिया, झाडापखाला, जन्डिस, टाइफोइड र हेपाटाइटिस ए जस्ता रोगहरु लाग्ने गर्दछ । सरुवा रोगहरुबाट बच्ने उपायहरु ः

    Article inline ad #2

    (क) व्यक्तिगत सरसफाईमा ध्यान दिने वा वरपरको वातावरण सफा राख्ने ।

    (ख) दैनिक रुपमा शारििरक व्यायाम गर्ने ।

    (ग) खाना खानु अघि र खाना खाइसकेपछि राम्रो संग साबुन पानीले हात धुनु ।

    (घ) प्रशस्त मात्रामा पानी पिउने ।

    (ङ) बासि तथा सडकमा बेच्न राखिएको खानेकुरा नखाने ।

    (च) मौसम अनुसारका फलफुल तथा जुस खाने ।

    (छ) दिउँसो घाममा निस्कदा क्याप वा छालाको प्रयोग गर्ने ।

    (ज) छालाबाट बच्न वा बडि लोसन लगाउने ।

    (झ) घरको वरपर रहेको खाल्टाखुल्टि, गमालामा पानी जम्ने नदिने ।

    (ञ) गर्मी सुरुभएसंगै झुलको प्रयोग गर्ने तथा झ्यालहरुका जालि लगाउने ।

    (ट)गर्मी बढेसंगै सफा पानीमा पौडि खेल्न सकिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6